ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भारतमा कोरोना संक्रमितको संख्या ६३ लाख पुग्यो, ९८ हजारभन्दा बढीको मृत्यु

२०७७ असोज, १५  
अन्तरराष्ट्रिय
Image Not Found

असोज १५, नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ८२१ जना कोरोना भाइरस संक्रमित व्यक्ति थपिनुका साथै एक हजार १८१ जना थप व्यक्तिको मृत्यु भएको छ । 

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा बिहीवारसम्म कुल संक्रमितको संख्या ६३ लाख नाघेको छ । यस्तै कोरोना संक्रमितमध्ये मृत्यु भएका व्यक्तिको संख्या ९८ हजार ६७८ हजार पुगेको छ । 

भारतमा ५२ लाख ७३ हजार व्यक्ति निको भए पनि अझै ९ लाख ४० हजार मानिस सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।  

कोरोनाबाट सर्वाधिक प्रभावित महाराष्ट्रमा २ लाख ५९ हजार व्यक्ति सक्रिय संक्रमित रहेका छन् भने ३६ हजार ६६२ जनाको ज्यान गएको छ । 

यस्तै कर्नाटकमा एक लाख ७ हजारभन्दा बढी व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका र ८ हजार ८६४ जनाको मृत्यु भएको छ । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले हालसम्म ७ करोड ५६ लाख नमूना परीक्षण गरेको जानकारी दिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्