ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

केही व्यक्तिलाई सधै अवसर ?

२०७७ असोज, १६  
पाठक विचार
NA

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिश गरिएको छ । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री भई सातौं मर्यादा क्रममा रहेर काम गरिसकेका खतिवडा १२औं मर्यादा क्रमको राजदूूतमा नियुक्त हुन राजी हुनुले केही प्रश्न उठाएको छ । उनीमात्र होइन, केही व्यक्तिहरू सदाबहार लाभका पदमा नियुक्त हुने गरेका छन् । खतिवडा तीमध्ये एक हुन् ।

अर्थमन्त्रीबाट बाहिरिएको १० दिनमै उनी मन्त्रीसरहको सेवासुविधा पाउने गरी प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहाकार नियुक्त भए । आठौं मर्यादा क्रममा रहेकोे राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेकोे व्यक्ति नेपाल राष्ट्र बैंकको ११औं मर्यादा क्रममा नियुक्त भए ।

अर्थमन्त्रीबाट राजीनामा दिएकै बेला उनी अमेरिकाकोे राजदूतमा जान तयार भएको समाचार सार्वजनिक भएको थियो । अर्थात् उनी विगत केही दशकदेखि कुनै न कुनै पदमा बसिरहेका छन् । के नेपालमा अरू कुनै योग्य व्यक्ति नभएर एउटै व्यक्तिलाई बारम्बार विभिन्न पदमा नियुक्ति गर्नुपरेको हो ?

उनीमात्र होइन, अरू केही व्यक्तिहरू पनि छन् जो पटकपटक विभिन्न राजनीतिक नियुक्तिमा कहिल्यै छुट्दैनन् । यसो गर्दा नयाँ अनुहारले कहिल्यै मौका पाउँदैन । नीति निर्माणमा नयाँपन पनि आउँदैन । नयाँ नेतृत्व र नयाँ विचारलाई स्थान नदिएसम्म नेपालको आर्थिक र प्रशासनिक क्षेत्रमा कुनै परिवर्तन हुनेवाला छैन ।

हरीश शाक्य
सोल्टीमोड, काठमाडौं

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्