ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बोर्डको कार्यदललाई पर्यटन व्यवसाय उकास्ने चुनौती

२०७७ असोज, १६  
पाठक विचार
NA

महामारीका कारण नराम्ररी थलिएको मुलुकको पर्यटन उद्योगलाई पुनर्जीवन दिन नेपाल पर्यटन बोर्डले कार्यदल गठन गरेको छ ।

सरकारको प्राथमिकता तथा निजीक्षेत्रको चाहना एवं बाध्यताका बीच समन्वय र सहकार्य गर्ने अपेक्षा गरिएको छ । महामारीका कारण थलिएको पर्यटन उद्योगलाई पुनर्जीवन दिन समग्र पर्यटन क्षेत्रका संस्था तथा अगुवा व्यवसायीलाई एउटै छातामुनि ल्याएर पुनरुत्थानको कामलाई प्रभावकारी बनाउने अपेक्षा गर्न सकिन्छ ।

सीमित संख्याको प्रतिनिधित्व रहेको कार्यदललाई व्यापक बनाई आगामी दिनमा पर्यटन क्षेत्रले गर्नुपर्ने कामको अन्तिम निष्कर्ष निकाल्नुपर्ने देखिन्छ । कार्यदलले वर्तमान अवस्थामा थलिएको पर्यटन उद्योगलाई कसरी पुनर्जीवन दिने भनी अन्तरराष्ट्रिय अभ्याससमेतको अध्ययन गर्नुपर्ने देखिन्छ । कार्यदललाई प्रभावकारी ढंगले काम गर्ने तुल्याउन सम्पूर्ण व्यवसायीले एकीकृत भई आगामी रणनीतिबारे सुझाव दिनु आवश्यक छ । अहिले निराश हुँदै गएका पर्यटन व्यवसायीलाई राहत दिएर यस व्यवसायमा टिकाइराख्नु नै ठूलो चुनौती देखिन्छ ।

विदेशी मुद्रा आर्जनको भरपर्दो स्रोत एवं रोजगारी सृजना तथा सिंगो मुलुकको अर्थतन्त्रको भविष्यको बलियो आधारको रूपमा स्थापित हुँदै गरेको पर्यटन क्षेत्र महामारीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो । यसको असर दीर्घकालसम्म रहने देखिन्छ । त्यसैअनुसार रणनीति बनाउन सकिएन भने पर्यटन क्षेत्र पछाडि पर्ने सम्भावना देखिन्छ । विश्व पर्यटन नै समस्यामा परे पनि नेपालले विश्व पर्यटन बजारमा प्रतिस्पर्धा गर्न गाह्रो छ । केही मौलिक अद्वितीयतालाई आधार मानेर दिगो पर्यटन रणनीति लिनु उपयुक्त हुन्छ । कार्यदलको ध्यान यसमा जानु आवश्यक छ ।

रमेश कार्की
रानीवन, काठमाडौं

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्