ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कुमारी बैंकको मार्जिनलेन्डिङ कर्जा योजना

२०७७ असोज, १६  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । कुमारी बैंकले नेपाल धितोपत्र विनिमय बजारमा कारोवार हुने शेयर खरिदका लागि सस्तो ब्याजदरमा ‘कुमारी मार्जिन लेन्डिङ’ कर्जा योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत शेयर किन्नुअघि कुनै धितो आवश्यक नपर्ने, कर्जा लिई किनिएको शेयर खरिदपछि सोही शेयर धितोमा रहने प्रावधान छ ।

यस कर्जामार्फत शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ब्रोकरमार्फत बैंकमा सम्पर्क गरी कर्जा स्वीकृत गराउन सकिनेछ ।

उक्त कर्जा योजना हालसम्मकै आकर्षक तथा उपयोगी रहेको बैंकको दाबी छ । हाल बजारमा प्रवाह हुने शेयर कर्जामा शेयर खरिद गर्नुअघि नै धितो आवश्यक रहने गरेको छ । शेयर बजारमा लगानी गर्न चाहने तर अर्थको अभावले लगानीबाट वञ्चित सर्वसाधारणलाई लक्षित गरी उक्त कर्जा सुविधा ल्याइएको बैंकले जनाएको छ । ७० वर्षसम्म उमेर पुगेकाले उक्त कर्जा योजनाको लाभ उठाउन सक्नेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्