ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बजाजको एभेन्जर स्ट्रीट १६० एबीएस बजारमा

२०७७ असोज, १६  
बजार
NA

काठमाडौं (अस) । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बजारमा नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस भित्र्याएको छ ।

बाइकमा रोडस्टर डिजाइनको हेडल्याम्प र एलईडी डीआरएल रहेको छ । स्ट्रीट कन्ट्रोल ह्यान्डलबार रहेको बाइकमा १६०सीसी डीटीएस–आई इन्जिनले १६०ः१५ पीएस पावर र १३.५ एनएम टर्क उत्पादन गर्छ ।

सुरक्षाका लागि बाइकमा अगाडिको पांग्रामा २८० एमएम डिस्क ब्रेक र पछाडिको पांग्रामा १३० एमएम ड्रम ब्रेक जडान गरिएको छ । नयाँ एभेन्जर स्ट्रीट १६० स्पाइसी रेड र इबोनी ब्ल्याक कलर गरी २ भेरियन्टमा उपलब्ध रहेको कम्पनीले बताएको छ ।

यसको सुरुआती मूल्य ३ लाख १९ हजार ९०० रुपैयाँ पर्छ । बाइक खरिदका लागि असोज १५ देखि देशभर उपलब्ध हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्