ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ग्लोबल आईएमईका २ नयाँ शाखारहित बैंकिङ सेवा

२०७७ असोज, १६  
शेयर / बैङ्किङ गतिविधि
NA
author avatar अभियान संवाददाता

काठमाडौं । ग्लोबल आईएमई बैंकले बैतडीको थाड र संखुवासभाको खराङमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित सन्जाल २२२ पुगेको छ ।

बैतडीको भूमेश्वर नगरपालिका वडा–४ थाडमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा स्थानीय प्रेमसिंह महरा र संखुवासभाको चैनपुर नगरपालिका वडा– १० खराङमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा स्थानीय ललितबहादुर कटुवाललाई नियुक्त गरिएको बैंकले जनाएको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयले बैंक प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिसहोम, एनटीसीलगायतको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायत सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यता हटाउन ती स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरिएको बैंकले जनाएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्