ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

टोयोटा कोरोला क्रसको बिक्री सुरु

२०७७ असोज, १६  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । टोयोटा गाडीका नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नेपालमा टोयोटा कोरोला क्रस एसयूभीको बिक्री वितरण सुरु गरेको छ ।

नयाँ गाडी बिक्री सुरुआत पहिलो पटक भर्चुअल प्रविधिको सहायताले गरिएको कम्पनीले जनाएको छ । टोयोटा नेपालको औपचारिक एवं आधिकारिक फेसबुक÷इन्स्टाग्राम पेजमा बिहीबार मध्याह्न १२ बजे उक्त समारोहको प्रत्यक्ष प्रसारण गरिएको थियो ।

विश्व प्रसिद्ध यस टोयोटा कारको नयाँ संस्करण क्रस एसयूभी थाइल्यान्डमा उत्पादन भएको हो । ४ सिलिन्डरको कार टिजिएनए प्लेटफर्ममा तयार भएको हुँदा यसले अत्याधुनिक डिजाइन, स्थिरता र पूर्ण कार्य क्षमतालाई समर्थन गर्ने दाबी कम्पनीको छ । कारको बाह्य बनोटमा रहेको फ्रन्ट ग्रीलले उत्कृष्ट लुक दिनुका साथै यसलाई कच्ची सडकमा समेत चलाउन सहज हुने कम्पनीले बताएको छ ।

कोरोला क्रसमा सबैभन्दा लामो विह्लबेस छ, जसले कारलाई सडकमा उच्च गतिमा दौडिरहेको समय अधिक स्थिरता तथा आरामदायी सवारी प्रदान गर्नेछ । यो कारमा न्यून ५.२ मिटरको मोडाउन मिल्ने व्यास छ, जुन यस श्रेणीका कारमा उत्कृष्ट हो ।  यसैगरी डाइनामिक क्रुज नियन्त्रण, स्वचालित उच्च बिम लाइट, हिल स्टार्ट प्रविधिलगायत सुविधा कारमा राखिएका छन् ।

कम्पनीले बिक्री सुरु गरेको कारमध्ये इन्ट्री मोडलको बजार मूल्य १,१२,००,००० र हाई मोडलको १,३३,००,००० रुपैयाँ पर्ने बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्