ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ग्लोबल आईएमई–आइएमई पे सम्झौता

२०७७ असोज, २२  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं ।  ग्लोबल आईएमई बैंक र आईएमई पेबीच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य र आईएमई पेका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि नगदको रुपमा संकलन गर्दै आइरहेको सबै सरकारी कार्यालयको राजस्व भुक्तानीलाई आईएमई पे डिजिटलका माध्यमबाट सजिलै भुक्तानी गर्न सकिनेछ । यस व्यवस्थाले सर्वसाधारणलाई राजस्व बुझाउनकै लागि सरकारी कार्यालयसम्म धाउनुपर्ने बाध्यता हट्ने विश्वास बैंकले लिएको  छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्