ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तनहुँ हाइड्रोलाई स्थानीयवासीले बुझाए ३५ बुँदे मागपत्र

२०७७ असोज, २२  
गण्डकी प्रदेश
NA

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाको मुख्य प्रभावित क्षेत्र ऋषिङ गाउँपालिका–१ का स्थानीयवासीले मंगलवार विभिन्न ३५ बुँदे मागपत्र बुझाएका छन् । आयोजनाले मुख्य प्रभावित क्षेत्रका जनस्तरबाट उठेका माग सम्बोधन गर्ने चासो नदिएको भन्दै उनीहरूले प्राथामिकताका आधारमा सम्बोधन गर्न मागपत्र बुझाएका हुन् । बेलटार बच्याङ गौडा सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष केशरबहादुर थापाले आयोजनाका उपनिर्देशक तुलसीप्रसाद सापकोटालाई उक्त पत्र हस्तान्तरण गरेका थिए । स्थानीयवासीले आयोजनाको कार्यालय तथा आवास क्षेत्रभित्र परेको बेल्टार–बच्याङगौंडा वनको रूखबिरुवाको हालसम्म पनि क्षतिपूर्तिको व्यवस्था नभएकाले तत्काल लागत लिई उचित क्षतिपूर्ति वन समूहलाई हस्तान्तरण गर्न माग गरेका छन् ।

झापुटार र बेल्टार क्षेत्रमा विगतमा मुकुर्लुक खानेपानी आयोजनाको आपूर्तिमा अवरोध भएको र तत्काल व्यवस्थापनका लागि उनीहरूले माग गरेका छन् । आयोजनाको सुरुङ निर्माणका लागि माटो परीक्षण गर्ने क्रममा सो खानेपानीको मुहानमा क्षति पुगेको, हाइड्रोकै सहयोगमा किस्रिडी रोहृङसिँडी खानेपानी योजना सञ्चालन भए तापनि पर्याप्त बजेट नहुँदा अधुरो र आपूर्ति बन्द रहेकाले तत्काल सञ्चालन गर्न माग गरिएको छ ।    

छिटोभन्दा छिटो खानेपानीको पाइप टोलटोलमा विस्तार गरी धारामा पानीको व्यवस्था गर्न तत्काल बजेटको व्यवस्थापन गर्न मागपत्रमा भनिएको छ । साथै आयोजनाको कार्यालयद्वारा जडान गरिएका पुराना सडक बत्तीको नियमित रूपमा मर्मत गर्नुपर्ने तथा त्यस्ता बत्ती अन्य स्थानमा पनि विस्तार गर्न माग गरिएको स्थानीय टेकबहादुर गर्जामगरले बताए ।
यसैगरी सिनो हाइड्रो कम्पनीले ऋषिङ–१ बन्चरेमा निर्माण गरेको क्रसर प्लान्टका कारण कम्पन हुँदा ध्वनि एवं वायु प्रदूषण उत्पन्न भई त्यस क्षेत्रका घरमा क्षति पुगेकाले स्थानीयको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएको भन्दै उचित क्षतिपूर्तिसहित स्थानान्तरण गर्नुपर्ने औंल्याइएको छ । यस्तै प्रभावित क्षेत्रका जनतालाई ३३ प्रतिशत राजेगारीको अवसर दिने भनिए तापनि त्यो लागू नभएको र केही स्थानीयलाई काममा लगाइए पनि पनि विभेद गरिएको स्थानीय शिवराज विश्वकर्माले बताए ।  रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्