ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सडक कालोपत्र गर्न ढल व्यवस्थापनको काम हुँदै

२०७७ असोज, २२  
वाग्मती प्रदेश
NA

ललितपुर । सातदोबाटो–गोदावरी सडकखण्ड अन्तर्गत हरिसिद्धिको मूल सडकमा ढल व्यवस्थापनको काम भइरहेको छ । लामो समयदेखि अस्तव्यस्त सडकलाई व्यवस्थित बनाएर कालोपत्र गर्न उक्त खण्डमा काम अघि बढाइएको हो ।    

गोदावरी नगरपालिका–१४ ठैव सिमानादेखि ललितपुर महानगरपालिका–२९ हात्ती वनसम्मको सडकमा आकाशे पानीका साथै नाली निकास गर्ने ढल र पाइप हाल्ने काम भइरहेको वडा नं २९ का वडाध्यक्ष गणेशकुमार महर्जनले बताए । ‘यस सडक खण्डमा आकाशको पानी पठाउने ठाउँ नहुँदा बढ्दै गएका खाल्डाखुल्डी र हिलोले अधिकांश मोटरसाइकल लडेर दुर्घटना हुने गथ्र्यो,’ उनले भने, ‘अव्यवस्थित सडकलाई सुधार गरेर जनताको स्वास्थ्यलाई धूलोबाट पनि जोगाउन हामी लागिपरेका छौं ।’ सो सडक मर्मतको काम सकिएसँगै तत्काल यथास्थितिमै कालोपत्र गरिने महर्जनले जानकारी दिए ।

उक्त खण्डको खाली जग्गामा पर्खाल लगाएर हरिसिद्धिदेखि गोदावरीसम्ममै सडक अब कालोपत्रको काम अघि बढिरहेको वडा नं २८ का वडाध्यक्ष राजेश महर्जनको भनाइ छ । उक्त सडकखण्डमा बिहान ६ बजेदेखि राति ११ बजेसम्म तीन चार डोजरका साथै कामदार खटिएर धमाधम आवश्यक काम गरिरहेका उनले बताए ।

सो खण्ड भएर दैनिक यात्रा गर्ने जनताले वैकल्पिक मार्गका रुपमा ठैवचोकदेखि महालक्ष्मी नगरपालिकाको सानागाउँ अनि इमाडोल र हरिसिद्धि क्यान्सर अस्पताल पछाडिको मार्गका साथै चापागाउँ छिरेर धापाखेल निस्कने गरिरहेका छन् । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्