ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

महामारीको बेला अर्बपतिको सम्पत्ति बढेर कीर्तिमानी उचाइमा

२०७७ असोज, २२  
अन्तरराष्ट्रिय
Image Not Found

वाशिङ्टन डीसी (अमेरिका) । कोरोना भाइरसको महामारी उत्कर्षमा रहँदा अर्बपतिहरूको सम्पत्ति एक चौथाइभन्दा धेरैले बढेको नयाँ अनुसन्धानले देखाएको छ । बुधवार स्विस बैंक यूबीएस र लेखांकन कम्पनी पीडब्ल्यूसीले सार्वजनिक गरेको ‘राइडिङ द स्टोर्म’ शीर्षकको एक प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार अप्रिलदेखि जुलाईको अवधिमा विश्वका अर्बपतिहरूको एकमुष्ट सम्पत्ति १०० खर्ब २ अर्ब डलर पुगेको छ  । अप्रिलको शुरूमा सम्पत्तिको आकार ८० खर्ब डलर रहेको थियो । अर्बपतिहरूको सम्पत्ति सय खर्ब डलरमाथि पुगेको यो पहिलो पटक हो । यो वृद्धि २७ दशमलव ५ प्रतिशत धेरै हो । योसँगै सन् २०१७ को अन्त्यमा कायम भएको कीर्तिमानी उचाइ पनि नाघेको छ । त्यतिबेला अर्बपतिहरूको एकमुष्ट सम्पत्ति ८९ खर्ब डलर थियो ।

पछिल्लो समय विश्वमा अर्बपतिको संख्या पनि २ हजार १८९ को नयाँ उचाइमा पुगेको छ । सन् २०१७ मा भने यो २ हजार १५८ को कीर्तिमानी स्तरमा रहेको थियो । प्रतिवेदनमा विश्वभरका ४३ बजारका २ हजारभन्दा धेरैै अर्बपतिलाई समेटिएको छ । यस वर्षको अप्रिल ७ देखि जुलाई ३१ सम्मको अवधिमा हरेक उद्योगका अर्बपतिको सम्पत्ति दोहोरो अंकले बढेको प्रतिवेदनले देखाएको छ । प्रविधि, स्वास्थ्य हेरचाह क्षेत्रका अर्बपतिहरूको सम्पत्ति क्रमशः ३६ प्रतिशत र ४४ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा विश्वका कयौं देशमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन कठोर खालको बन्दाबन्दी लागू गरिएको थियो भने करोडौं मानिसले आफ्नो काम गुमाएका थिए । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्