ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

माछापुच्छ्रे बैंकको शेयर मूल्य समायोजन

२०७७ असोज, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २२, काठमाडौं । माछापुच्छ्रे बैंकको बिहीवार शेयर मूल्य समायोजन भएको छ । मूल्य समायोजन भएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले  कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २३१ दशमलव ७१ पैसा तोकेको छ ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो। 

कम्पनीले १० दशमलव ४० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न आगामी कात्तिक ६ गते होटल पोखरा ग्राण्ड पार्दि, पोखरामा बिहान ११ बजे २२ औं साधारण सभा बोलाएको छ । कम्पनीले  प्रस्तावित लाभांश र साधारण सभा प्रयोजनका लागि असोज २२ गते बिहीवार एक दिन बुक क्लोज गरेको छ ।

बुक क्लोजको आधारमा असोज २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।यस वर्ष कम्पनीले वाणिज्य बैंकहरुमध्ये सबैभन्दा पहिला साधारण सभा गर्न लागेको हो ।

यस वर्ष कम्पनीले ७ दशमलव शून्य ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ३ दशमलव ३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।गत वर्षको भन्दा यस वर्ष कम्पनीको कुल लाभांशमा कमि आएपनि बोनस दर भने बढेको छ । कम्पनीले गत वर्ष ५ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश दिएको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्