ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिभिल लघुवित्तको लिलामी शेयर आइतवारदेखि विक्री खुला 

२०७७ असोज, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २१, काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको लिलामी शेयर असोज २५ गते देखि विक्री खुला हुने भएको छ । 

कम्पनीले संस्थापक समुहको ११ हजार ६०८ कित्ता शेयर र ७७ हजार ८४२ कित्ता सर्वसाधारण समुहको शेयर गरी कुल ८९ हजार ४५० कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो ।

 लिलामी शेयरमा कम्पनीकै संस्थापक शेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले पनि आवेदन दिन सक्नेछन । कम्पनीले भदौ २५ गतेदेखि असोज २९ गते सम्म निष्कासन गरेको हकप्रद शेयरमा विक्री नभएको शेयर लिलामीमा विक्री खुला गरेको हो । 

लगानीकर्ताले संस्थापक शेयरमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समुहको हकमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन गर्न सक्नेछन् ।

शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको हुँदा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । विक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले सेञ्चुरी बैंकका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्