ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

२०७७ असोज, २२  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २२, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य  घटवढ हुने क्रम जारी रहेको छ । अघिल्लो दिनको तुलनामा बिहीवार पनि सुनको मूल्य रू. २०० घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू.९३ हजार ९००  र तेजाबी सुनको मूल्य प्रतितोला रू.९३ हजार ४००  कायम भएको छ ।  बुधवार भने सुनको मूल्य तोलामा रू. ८०० ले घटेको थियो ।

चाँदीको मूल्य भने बिहीवार सामान्य वृद्धि भई प्रतितोला रू. १ हजार १८० मा कारोबार भइरहेको छ ।  चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा रू. ५ बढेको हो ।

केहि दिन यता सुनचाँदीको मूल्यमा सामान्य रुपमा घट्नेबढ्ने भइरहेको छ ।केही समयअघि नेपालमा सुनको मूल्य प्रतितोला रू।१ लाखभन्दा माथि पुगेको थियो ।

सुनको मूल्य घटबढ भइरहेको र बन्दाबन्दी तथा निषेधाज्ञा खुुकुलो भए पनि सुनको खरीदविक्री भने अझै ठप्प अवस्थामा रहेको व्यवसायीहरुले बताएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्