ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एक घण्टामा २.७४ अंक बढ्यो बजार, ६६ करोडभन्दा बढीको शेयर खरीदविक्री 

२०७७ असोज, २२  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज २२, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार पनि बजार बढी रहेको छ । यो दिन एक घण्टामा बजार १ हजार ६०३ दशमलव  ७१ विन्दुमा पुगेको छ ।

१ हजार ६०७ दशमलव ५३ विन्दुदेखि खुला भएको बजार एक घण्टाको कारोबार अवधिभित्र १ हजार ६१४ दशमलव शून्य ५ विन्दुसम्म पुगेको थियो । नेप्सेले ११ बजेर ११ मिनेटमा उक्त विन्दु कायम गरेको थियो । 

एक घण्टामा रू. ६६ करोड ३८ लाख ३८ हजार बराबरको शेयर खरीदविक्री भएको छ । यो अवधिसम्म १७२ ओटा कम्पनीको १२ हजार १४२ पटकको व्यापारमा उक्त रकम बराबरको २७ लाख ९२ हजार ६४२ कित्ता शेयर खरिद विक्री भएको हो ।

यो दिन बित्त कम्पनीको शेयरप्रति लगानीकर्ता आकर्षित भएका छन् । कारोबारमा आएका १२ ओटा समुहमध्ये वित्त समुहको परिसूचक सर्वाधिक २ दशमलव २९ प्रतिशत बढेको छ ।

त्यस्तै यो दिन  होटल समुहको परिसूचक पनि १ दशमलव १ प्रतिशत बढेको छ । जलविद्युत र व्यापारिक समुहको परिसूचक भने एक घण्टाको कारोबार अवधिसम्म घटेको छ ।

बिहीवार एक घण्टाको कारोबारमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक रकमको कारोबार भएको छ । उक्त कम्पनीको रू.४ करोड १६ लाखभन्दा बढीको शेयर कारोबार भएको हो ।

यस दिन कर्णाली डेभलपमेण्ट बैंक र समृद्धि फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था र हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्