ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लगानीकर्ताको आकर्षण वित्त कम्पनीहरुको शेयरमा, मल्टिपर्पस फिनान्सको शेयरमूल्य १० % बढ्यो ( १ बजेको अपडेट )

२०७७ असोज, २२  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज २२, काठमाडौं । बिहीवारको शेयर कारोबारलाई हेर्दा लगानीकर्ताहरुको आकर्षण वित्त कम्पनीहरुको शेयरमा देखिएको छ ।

दोस्रो घण्टाको कारोबारसम्म पनि १२ ओटा समुहमध्ये वित्त समूहको परिसूचकमा सर्वाधिक ४ दशमलव ७२ प्रतिशतको वृद्धि देखिएको हो ।

दोस्रो घण्टासम्ममा मल्टिपर्पस फिनान्स कम्पनीको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । त्यस्तै कर्णाली डेभलपमेण्ट बैंक, समृद्धि फाइनान्स, सेन्ट्रल फाइनान्स र ग्रीन डेभलपमेण्ट बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

दोस्रो घण्टाको कारोबार अवधिसम्म व्यापारिकको शून्य दशमलव २२ प्रतिशत , होटलको १ दशमलव ६८ प्रतिशत, जलविद्युतको शून्य दशमलव ९९ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव शून्य ५ प्रतिशत परिसूचक घटेको छ ।   

यस अवधिसम्म नेप्से परिसूचक भने २ दशमलव ९९ अंक बढेर १ हजार ६०३ दशमलव ९६ विन्दुमा पुगेको छ । 

दोस्रो घण्टासम्म १८५ ओटा कम्पनीको २३ हजार ४०५ पटकको व्यापारमा रू. १ अर्ब ३० करोड ८५ लाख ४ हजार बराबरको ५३ लाख ९८ हजार ९९१ कित्ता शेयर कारोबार भएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्