ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपालमै पहिलोपटक सञ्चालनमा आयो व्यवस्थित र अत्याधुनिक होलसेल बिजनेश कम्प्लेक्स ‘एनबीटीसी’

२०७७ असोज, २२  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २२, काठमाडौं ।नेपालमै पहिलो पटक सबैभन्दा ठूलो, व्यवस्थित र अत्याधुनिक होलसेल बिजनेश कम्प्लेक्स एनबीटीसी अर्थात् नेशनल विजनेश ट्रेड सेन्टर काठमाडौंको कलंकीमा बिहीवारबाट संचालनमा आएको छ । 

काठमाडौंको विभिन्न स्थानमा सामान किनमेल गर्दा ग्राहकलाई आइपर्ने विभिन्न झमेलाहरुको समाधान गर्ने उद्धेश्यले कोरोना महामारीको बीचमा पनि कम्प्लेक्स सञ्चालनमा ल्याएको एनबीटीसीले बताएको छ । 

ग्राहक र व्यवसायीहरु बीच पाँच वर्षसम्म अनुसन्धान गरी त्यसको निष्कर्षका आधारमा सहकारी अवधारणा अनुरुप अत्याधुनिक र सुविधासम्पन्न विजनेश कम्प्लेक्स निर्माण गरिएको कम्पनीले बताएको छ ।

मध्यम वर्गिय व्यापारीहरुको विविध समस्याको समाधान गर्ने उद्धेश्यका साथ विजनेश ट्रेड सेन्टरको अवधारणा अघि बढाइएको एनबीटीसीका अध्यक्ष नरेन्द्र बज्राचार्यले बताए ।

उनका अनुसार काठमाडौंको कलंकी र बल्खुको बीचमा रहेको उक्त विजनेश कम्प्लेक्समा निर्धक्क किनमेल गर्न सकिने गरी पर्याप्त खुल्ला ठाउँ, पार्किङ, सुरक्षा व्यवस्थापन र व्यवस्थित यातायातको सुविधा रहेको उक्त कम्प्लेक्समा एउटै छानामूनि करीब ९०० ओटा पसल तथा सटरहरु रहेका छन् ।

उनले भने, ‘गुणस्तरीय सामान सुलभ मूल्यमा उपलब्ध गराउने उदेश्यले विजनेश कम्प्लेक्समा महिला र पुरुषका लागि आवश्यक रेडिमेड लत्ताकपडा, जुत्ता चप्पल, ब्याग, कुर्ता सलवार, क्याप, पर्स, बेल्ट, अन्डर गार्मेन्ट, टावेल, ब्लयाङकेट, कस्मेटिक्स, गिप्mटका सामानहरु एउटै छानामूनि सरल र सुलभमूल्यमा खरीद गर्न सकिने छ ।’ 

एनबीटीसी मिलाल्याण्ड डेम्लप्मेन्ट प्रालिद्धारा प्रवर्द्धित रहेको छ । उक्त कम्प्लेक्स करीब २२ रोपनीमा फैलिएको छ । नेपालमा होलसेलका लागि यति ठूलो बजार पहिलो पटक खुलेको हो ।

सामान ओसारपसार गर्न तथा मानिसहरुको आवतजावतका लागि छुट्टाछुट्टै स्कालेटर र लिफ्टहरु जडान गरिएका छन् । उक्त होलसेल विजनेश कम्प्लेक्समा २६ ओटा अत्याधुनिक स्कालेटर, चार ओटा सामान ढुवानी गर्ने कार्गाे लिफ्ट र तीन ओटा ग्लास लिफ्ट जडान गरिएको एनबीटीसीले बताएको छ । 

कम्प्लेक्समा तीन ओटा सिनेमा हल, करीब १० हजार बर्गफिटको फूड कोर्ट, ६८ हजार  बर्गफिटको कर्पाेरेट अफिसलगायतका पूर्वाधारहरु निर्माणका क्रममा रहेको बज्राचार्यले बताएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्