ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

७.३७ अंक घट्यो नेप्से, २ अर्बभन्दा बढीको शेयर खरीदविक्री (२ बजेको अपडेट)

२०७७ असोज, २२  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज २२, काठमाडौं । साताको अन्तिम कारोबार दिन तेश्रो घण्टामा नेप्से परिसूचक ७ दशमलव ३७ अंकले घटेर १ हजार ५९३ दशमलव ६० विन्दुमा पुगेको छ ।

उक्त अवधिमा १९३ ओटा कम्पनीको रू. २ अर्ब भन्दा बढीको शेयर खरीदविक्री भएको छ । 

सबैभन्दा बढी मल्टीप्रपोज फाइनान्स कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ । कारोबारमा आएका १२ ओटा समुहमध्ये वित्त कम्पनी बाहेक सबै समुहको परिसूचक घटेसँगै नेप्से घटेको हो ।

वित्त समुहको परिसूचक ४ दशमलव २३ प्रतिशत वृद्धि भएको छ । उक्त अवधिसम्मा सबैभन्दा बढी अरुण काबेली हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ८ करोड २० लाख बरावरको शेयर खरीदविक्री भएको हो ।

यो अवधिसम्मा अधिकाशं वित्त कम्पनीको शेयरमा लगानीकर्ताको आर्कषण बढेको  पाइएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्