ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मुलुकमा अहिलेसम्म कै धेरै कोरोना संक्रमण, थप १२ जनाको मृत्यु पुष्टि 

२०७७ असोज, २२  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २२, काठमाडौं । नेपालमा बिहीवार थप ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीवार थपिएका कोरोना संक्रमितको संख्या नेपालमा अहिलेसम्मकै उच्च हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ५९० जनाको मृत्यु पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार बिहीवारसम्ममा नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ जना रहेका छन् । हालसम्म क्वारेन्टाइनमा ४ हजार ४६० जना रहेका छन् । क्वारेन्टाइनमा रहेका मध्ये संस्थागत आईसोलेशनमा ११ हजार ७१४ जना र होम आईसोलेशनमा १४ हजार ९६७ जना रहेका छन् ।
हालसम्म नेपालमा ७१ हजार ३४३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

प्रवक्ता गौतमले विगत २४ घण्टामा १८ हजार ४७३ ओटा  पीसीआर परीक्षण गरिएको छ भने हालसम्म ११ लाख ३१ हजार ९५८  ओटा परीक्षण भइसकेको बताए ।

विगत २४ घण्टामा २ हजार ६७५ जना डिस्चार्ज भएका छन् । विगत २४ घण्टामा काठमाडौं उपत्यकाका २ हजार ५४० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौंका दुई हजार ८५ जना, ललितपुरका ३२० जना र भक्तपुरका १३५ जना हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्