ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जनरल इन्स्योरेन्स कम्पनीले कति पाउला त ओपनिङ रेञ्ज ?

२०७७ असोज, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २२, काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले ओपनिङ रेञ्ज रू. १०१ दशमलव ७६ देखि रू. ३०५ दशमलव २८ सम्म पाउने सम्भावना रहेको छ ।  

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने भएकाले उक्त मूल्य रेञ्ज पाउने सम्भावना रहेको हो । 

कम्पनीको आव २०७५/ ७६ को प्रतिशेयर नेटवर्थ रू. १०१ दशमलव ७६ रहेको छ । सोही अनुसार नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिशेयर नेटवर्थ तीन गुणासम्म ओपन रेञ्ज तोक्ने गर्दछ । 

कम्पनीको आईपीओ असोज २० गते बाँडफाँट गरेको थियो । गोलाप्रथाबाट २ लाख ७३ हजारले १० कित्ता शेयर पाएका थिए ।

उक्त कम्पनीको आईपीओमा हालसम्मकै बढी अर्थात् ७ लाख ९६  हजार ७३४ जना ले आवेदन दिएका थिए । ती मध्ये २ हजार १८८ जनाको आवेदन रद्द भएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्