ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

३ ओटा कम्पनीको साधारण सभा असोज २८ गते हुँदै

२०७७ असोज, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २२, काठमाडौं । तीन ओटा कम्पनीले असोज २८ गते साधारण सभा अयोजना गरेका छन् । 

नाडेप लघुवित्त वित्तीय संस्था, सिटी एक्सप्रेस फाइनान्स र नेपाल  इन्भेष्टमेण्ट बैंकले साधारण सभा आयोजना गर्न लागेका हुन् । नाडेप लघुवित्तले असोज २८ गते रानीबन पार्टी एण्ड रेष्टुरेण्ट नागार्जुन, काठमाडौंमा सभा आयोजना गर्न लागेको हो ।

सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभाश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । असोज १३ गते सम्म कायम शेयरधनीले उक्त लाभांश पाउनेछन् । 

त्यसैगरी सिटी एक्सप्रेस फाइनान्सले कम्पनीको केन्द्रीय कार्यालय घण्टाघर, काठमाडौंमा विशेष साधारण सभा आयोजना गरेको छ । 
सभाले कम्पनीलाई नेपाल इन्भेष्टमेण्ट बैंकले प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी नेपाल इन्भेष्टमेण्ट बैंकले पनि सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ । नेपाल इन्भेष्टमेण्ट बैंकले उक्त सभामार्फत सिटी एक्सप्रेस फाइनान्सलाई १००ः३० अनुपातमा प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्