ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

त्रैमासिक मुनाफा अपेक्षाभन्दा बढी हुन्छ : सामसङ

२०७७ असोज, २२  
अन्तरराष्ट्रिय
Image Not Found

असोज २२, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाली स्मार्टफोन निर्मात कम्पनी सामसङ इलेक्ट्रोनिक्सले अपेक्षा गरेभन्दा धेरै त्रैमासिक मुनाफा गर्ने बताएको छ ।  
सेप्टेम्बरसम्मको तीन महीनामा कम्पनीको सञ्चालन मुनाफा १२३ खर्ब वन रहन सक्ने बताइएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ५८ प्रतिशत धेरै हुनेछ । सन् २०१९ को तेस्रो त्रैमासमा कम्पनीको सञ्चालन मुनाफा ७७ खर्ब ८० अर्ब वन रहेको थियो । 

वित्तीय बजारसम्बन्धी डेटा प्रदायक कम्पनी रिफनिटिभले भने समीक्षा अवधिमा कम्पनीको मुनाफा १०५ खर्ब वन रहने बताएको थियो । 

समीक्षा अवधिमा कम्पनीको ‘कन्सोलिडेटेड’ विक्री ६६० खर्ब वन रहेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा साढे ६ प्रतिशत धेरै हो । अप्रिल–जुन त्रैमासमा सामसङको सञ्चालन मुनाफा ८१ खर्ब वन रहेको थियो । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्