ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

‘हुवावेईको चीन सरकारसँग साँठगाँठ छ’

२०७७ असोज, २२  
अन्तरराष्ट्रिय
Image Not Found

असोज २२, लन्डन (बेलायत) । चिनियाँ दूरसञ्चार कम्पनी हुवावेई टेक्नोलोजिजको चीन सरकारसँग साँठगाँठ रहेको बताइएको छ । 

आफूले यसको स्पष्ट प्रमाण नै भेट्टाएको भन्दै बेलायती संसदको रक्षा समितिले बिहीवार यस्तो बताएको हो । बेलायतले योजना बनाएको भन्दा अगाडि नै कम्पनीका सबै उपकरणहरु हटाउनु पर्ने समेत समितिले बताएको छ । 

पश्चिमी देशहरु तत्कालै एकजूट भएर प्रविधिमा चीनको बर्चश्व तोड्नु पर्ने समितिले बताएको छ । 

अमेरिका र उसका मित्र राष्ट्रहरुले चीनले हुवावेईको प्रविधिकाशै मध्यबाट अन्य देशको जासुसी गरिरहेको आरोप लगाउँदै आएको छ । हुवावेईले भने बारम्बार उक्त आरोपको खण्डन गरिरहेको छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्