ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रभु डिजिटल परिवर्तन भयो पब्लिक लिमिटेड कम्पनीमा

२०७७ असोज, २२  
Image Not Found

असोज २२, काठमाडौं । प्रभु ग्रूप अन्तर्गतको प्रभु डिजिटल प्रालि अब पब्लिक कम्पनीको रुपमा संचालन हुने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट तथा ईमेलसहित सेवाको अनुमतिपत्र प्राप्त गरेको उक्त कम्पनी अब पब्लिक लिमिटेड कम्पनीको रुपमा संचालन हुन लागेको हो ।
हालै दूरसञ्चार प्राधिकरणले प्रभु डिजिटल प्रालिको सट्टामा प्रभु डिजिटल लिमिटेड राखी प्राईभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा परिवर्तनको लागि अनुमति दिएको छ ।

यसअघि नै उक्त कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रभु डिजिटल लिमिटेड नाम संशोधन गरिसकेको छ । नाम परिवर्तन र पब्लिक लिमिटेड भएसँगै उक्त कम्पनीलाई सर्वसाधारणका लागि सार्वजनिक शेयर निष्कासन गर्ने बाटोसमेत खुल्ने छ ।

प्रभु ग्रूप अन्तर्गतको कम्पनीले विसं २०७४ साल कात्तिक ७ गतेदेखि अनुमतिपत्र लिई इन्टरनेट सेवा संचालन गरिरहेको छ । यसका साथै कम्पनीले टेलिभिजन, आईपीटीभी र ओटीटी सेवा समेत संचालन गरिरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्