ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विदेशमा लगानी खोल्ने तयारी

२०७७ असोज, २३  
१० वर्ष अघि
NA

नेपाली लगानीकर्ताले विदेशी पुँजी बजारमा पनि लगानी गर्न पाउने भएका छन् । जेठ महिनाभित्रमा ल्याउन लागिएको सामूहिक लगानी कोषसम्बन्धी नियमावलीमा नेपाली लगानीकर्तालाई विदेशमा पनि लगानी गर्न दिने प्रावधान राख्न लागिएको छ ।

प्रस्तावित सामूहिक लगानी कोष नियमावलीको नियम ३७ मा कोषको चुक्ता पुँजीको २५ प्रतिशतसम्म विदेशी धितोपत्र बजारमा लगानी गर्न पाउने उल्लेख भएको छ । तर, सबै देशको पुँजी बजारमा नभई केवल नेपाल धितोपत्र बोर्डले साझेदारी गरेक मुलुकहरुमा मात्र लगानी गर्न पाउने व्यवस्था गरिएको छ । कोषको काम गर्ने कम्पनीको चुक्ता पुँजी कम्तीमा ५० करोड हुनैपर्ने प्रावधान राखिएको छ । त्यो आधारमा सामूहिक लगानी कोषको काम गर्ने कम्पनीहरूले कम्तीमा १२ करोड रुपैयाँ विदेशमा लगानी गर्न पाउनेछन् । खासगरी ठूला व्यावसायिक घरानाहरूले विदेशमा लगानी गर्नका लागि वैधानिक उपायको खोजी गरिरहेका थिए । यो बेला बोर्डले सामूहिक लगानी कोषसम्बन्धी नियमावली ल्याएर विदेशमा लगानी गर्न दिने नीति ल्याउनुलाई अर्थपूर्ण मानिएको छ ।

‘ठूला लगानीकर्ता’ निर्मल प्रधान विदेशमा लगानी गर्न पाउने प्रावधान सकारात्मक भएको बताउँछन् । ‘अहिलेको अवस्थामा विदेशीहरूले नेपाली बजारमा र हामीले विदेशमा लगानी गर्न पाउनु स्वाभाविक हो । त्यसैले त्यस्तो प्रावधान ल्याइन्छ भने त्यो सकारात्मक हो,’ उनले भने । तत्कालै नियमावली आउने कुरामा भने उनले शंका व्यक्त गरे । ‘आउनै लाग्यो भनेकै २–३ वर्ष भयो । त्यसैले अहिले पनि आइहाल्छ भन्ने मलाई लाग्दैन,’ उनले भने ।

वर्ष ५, अंक ३१, २०६७, बैशाख ६–१२

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्