ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दुईदिने बिदाले आन्तरिक पर्यटन बढाउला ?

२०७७ असोज, २३  
पाठक विचार
NA

कुनै सरकारले आन्तरिक पर्यटन बढाउने उद्देश्यले हप्ताको २ दिन बिदा दिने तयारी थालेको छ । तर, यसबाट पर्यटन बढाउन सक्छ कि सक्दैन भन्नेमा विवाद भने पाइन्छ । कतिपय संस्थाले कर्मचारीलाई पर्यटन बिदा दिने गरेको देखिए तापनि त्यस समयमा पर्यटनका लागि जानेको संख्या निकै कम पाइन्छ । नेपालमा आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नेभन्दा पनि विदेशी पर्यटकलाई महŒव दिने बानी धेरैजसो पर्यटन व्यवसायीमा पाइन्छ । आन्तरिक पर्यटनको निमित्त पहली कदममा हामी चुकेकै छौं । नेपालमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न अभैm पनि केही क्षेत्रका चुनौती बाँकी छन् । दुईदिने बिदाले पर्यटनमा सकारात्मक प्रभाव पार्न सक्छ तर नजीकको गन्तव्यका लागि मात्रै । दूरदराज ट्रेकिङका लागि जान यस्तो बिदाबाट सम्भव छैन । अहिले पनि बिदाको समयमा कतै घुम्न जानेभन्दा पनि अन्य काममा मानिसहरू रमाइरहेका भेटिन्छन् । बिदामा घुम्नभन्दा तास खेलेर समय बिताउनेको संख्या बढी छ । कर्मचारीलाई घुम्न जाने वातावरण मिलाइदिँदा उनीहरूको कार्य क्षमता बढ्ने अपेक्षा गरिन्छ ।

शुक्रवार पूर्ण समय कार्य दिन बनाएर अन्य दिन पनि १ घण्टा कार्य समय थपेर आइतवार बिदा कर्मचारीको कार्य समय घट्दैन । यसले कर्मचारीलाई काम गर्न थप ऊर्जा मिल्छ र उत्पादकत्वमा सुधार पनि हुन्छ । र कर्मचारीको मानसिक र शारीरिक स्वास्थ्य पनि राम्रो हुन्छ । २ दिन बिदाको बहस अनिवार्य छ र शायद आवश्यकता पनि छ ।

मोहन कार्की, मण्डिखाटार, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्