ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना महामारीमा हेलचेक्र्याइँ

२०७७ असोज, २३  
पाठक विचार
NA

कोरोना महामारी बढेसँगे हेलचेक्र्याइँ पनि बढ्दो छ । चाडबाडसँगै बढ्ने कोरोना भाइरस संक्रमणको दरलाई घटाउन सबै मन्त्रालयले ध्यान दिनुपर्छ ।

मानिसहरू यात्रा गर्छन्, यात्रामा स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गर्न यातायात मन्त्रालयले ध्यान दिनुपर्छ । दशैंको बेलामा धेरै मानिस घुमाघाममा पनि निस्कन सक्छन् । त्यसको लागि पर्यटन मन्त्रालयले नियमहरू लागू गरेर घुमघामलाई कसरी सुरक्षित बनाउने भन्नेतर्फ लाग्नुपर्छ । यस्तै, गृहले सुरक्षाकर्मीहरूलाई खटाउने कुरामा ध्यान दिएर अब निम्तिने संक्रमणलाई रोक्न भूमिका खेल्नुपर्छ । त्यस्तै सरकारले बनाएको मापदण्ड पालना गरेमा संक्रमण हुनबाट जोगिन सकिने र पालना नगरेमा जोखिम बढी हुने भएकाले सबै नागरिक सचेत हुनैपर्छ । सरकारले यो महामारी रोक्न नसक्ने देखिइसकेको छ । त्यसैले सबै नागरिक सचेत र सतर्क हुन जरुरी छ ।

विनोद अधिकारी, गोंगबु, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्