ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लगानी प्रोत्साहनका वातावरण छैन

२०७७ असोज, २३  
पाठक विचार
NA

देशको विकासका लागि विदेशी लगानी अनिवार्य हुन्छ । यसका लागि सरकार निकै लचिलो हुनुपर्छ । तर, नेपालमा विदेशी लगानीका रट लगाए पनि उनीहरूलाई सहज बनाउने र आश्वस्त पार्ने खालका नीति प्रभावकारी ढंगमा लिइएको छैन । कुनै पनि उद्योगीले लगानी गर्नुअघि धेरै पक्षलाई हेरिन्छ । उद्योग शुरू गर्नुअघि नै बैंकबाट ऋण लिनुपर्ने हुन्छ । लगानी शुरू गरेपछि उद्योग चाँडै सञ्चालनमा आएर ऋण तिर्न आउन थालोस् भन्ने चाहना हुन्छ । तर, कर्मचारीले समयमा काम नगरिदिँदा यी सबै काम प्रभावित हुन्छन् । यसको सम्भावना देख्ने लगानीकर्र्ता लगानी गर्नुअघि निकै सोच्छ । सरकारी निकायबीच समन्वय नहुने हो केही मिनेटको कामका लागि महीनौं लाग्न सक्छ । सबै काम निजीक्षेत्रले गरेर सरकारले कमाउने ? त्यसबापत निजीक्षेत्रले केही पनि नपाउने ? सरकारी कार्यालयबीच समन्वय नहुँदा लगानीकर्ता १० तिर धाउन बाध्य हुन्छ । कर्मचारीसँग रातो मुख नपारी कामै हुँदैन । यस्तोमा लगानीकर्ता कसरी आउन सक्लान् ?

सरकारी कार्यालयमा धेरै समय त फाइल अगाडि बढाउँदैमा बित्छ । यस्तोमा व्यावसायिक योजना बनाउने कुरा सम्भव पनि हुँदैन । काम नगर्ने कर्मचारीलाई कारबाही नहुने र उनीहरू स्वतः बढुवा हुने परिपाटीले कर्मचारीतन्त्र काम नलाग्ने भएको छ । आपूmले कुनै क्षेत्रमा लगानी गरेपछि त्यसमा अरू आउनु हुँदैन भन्ने सोच उद्योगीहरूमा पाइन्छ । उद्योगमा लगानीलाई निरुत्साहित हुनुका कारण धेरै छन् । यस्ता कारणको खोजी गरिनुपर्छ ।

श्याम महर्जन, कालीमाटी, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्