ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पर्यटन निरुत्साहित गर्ने नीति

२०७७ असोज, २३  
पाठक विचार
NA

कोरोनाका कारण नेपालको पर्यटन व्यवसाय कोमामा पुगेको छ । व्यवसायीहरूलाई आफ्नो व्यवसाय छाड्नु र बोक्नु भइसकेको छ । ऋण बढ्दो छ, कर्मचारीको तलब दिन सकिएको छैन । घरभाडा आदि खर्च रोकिएको छैन । यस्तोमा पर्यटन व्यवसाय सञ्चालन गर्न पाउँदा खुशी लाग्नु स्वाभाविक हो । तर, पर्यटन आगमन हुने सम्भावना भने ज्यादै कम छ । यसमा कोरोनाको त्रास एउटा कारण छ भर्ने अर्को सरकारको नीति ।

विदेशी पर्यटक आगमनका लागि सरकारले तयार पारेको मापदण्ड नै पर्यटनका लागि बाधक बन्ने देखिन्छ । त्यसैले हामी व्यवसायीले यो मापदण्डमा पुनरवलोकन गर्न बारम्बार माग गरिरहेका छौं तर सरकारले चासो देखाएको छैन । त्यसैले पर्यटक आगमनका लागि सहज वातावरण बन्न सक्ने देखिँदैन । दुई साताअघि पर्यटन मन्त्रालयले विदेशी पर्यटक आगमन खुला गर्ने निर्णय गरेको भए पनि यो प्रक्रिया झन्झटिलो छ ।

सरकारले तयार पारेको मापदण्डमा भिसा प्रोशेसिङ र ७ दिन क्वारेन्टाइनको प्रावधान नै पर्यटक नआऊन् भन्ने खालको छ । सरकारले बनाएको मापदण्डले पर्यटन व्यवसाय फस्टाउन सहयोग गर्दैन । कोरोना त्रासकै बीचमा पनि पर्यटनक भ्रमणका लागि आउन चाहेका देखिन्छन् । तर, सरकारले बनाएको मापदण्ड नै ‘ढोकामा आग्लो लगाएर बार्दलीबाट पाहुना बोलाए बराबर छ । सात दिन क्वारेन्टाइनको मापदण्डको सट्टा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पीसीआर मेशिन राख्न अथवा ३ दिनको क्वारेन्टाइन बस्ने प्रावधान राख्दा पर्यटक आगमन सहज हुन्छ । कन्ट्र्याक्ट ट्रेसिङ गर्न सहज हुने गरी पर्यटकले घुम्न पाउने वातावरण बनाइनुपर्छ । विदेशी पर्यटकबाट नेपाल भ्रमणका लागि उल्लेख्य रूपमा माग आए पनि सरकारले तयार पारेको मापदण्डका कारण सोधपुछबाहेक बुकिङ गर्न पर्यटक हतोत्साहित भएको देखिन्छ । झन्झटिलो भिसा प्रोशेसिङ र ७ दिन क्वारेन्टाइनको मापदण्ड हेरफेर नगर्ने हो भने पर्यटन व्यवसाय खुला भयो भन्नुको अर्थ हुँदैन ।

हरि थापा, नयाँ बजार, काठमाडौं ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्