ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बेनीको बसपार्कमा शिवको स्वर्ण स्तम्भ बनाइँदै

२०७७ असोज, २३  
गण्डकी प्रदेश
NA

म्याग्दी (अस) । म्याग्दीको सदरमुकाम बेनीको कालिपुल बसपार्कमा भगवान् शिवको स्वर्ण स्तम्भ बनाइने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको स्वर्णजयन्तीको अवसरमा सोमवार उक्त स्वर्ण स्तम्भको शिलान्यास गरिएको हो ।

सदरमुकाम बेनीमा प्रवेश गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले रू. ३ लाख ५२ हजार लागतमा करीब ७ फिट अग्लो स्तम्भको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले शिलान्यास गरेका हुन् । संघले कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै स्वर्ण जयन्तीको अवसरमा बाढीपहिरो पीडितलाई राहत, बिरामीलाई फलपूmल वितरणसहित विभिन्न कार्यक्रम गर्दै आएको अध्यक्ष उत्तम कर्माचार्यले बताए । साथै संघले बेनी नगरपालिका र प्रवासी म्याग्देलीसँगको साझेदारीमा बेनीदेखि लभ्लीहिल जाने पदमार्गमा समेत निर्माण गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्