ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दैलेखका स्वास्थ्य केन्द्र स्तरोन्नति हुँदै

२०७७ असोज, २३  
कर्णाली प्रदेश
NA
author avatar अभियान संवाददाता

दैलेख । चालू आर्थिक वर्षमा दैलेखका चार वटा स्थानीय तहका स्वास्थ्य संस्थाको स्तरोन्नति गरिने भएको छ । त्यसका लागि संघीय सरकारले करिब चार करोड बराबरको रकम विनियोजन गरेको हो ।

संघीय मन्त्रालयको भदौ १ को निर्णयअनुसार जिल्लाका महावु, नौमुले, गुराँस गाउँपालिका तथा चामुण्डा बिन्द्रासैनी नगरपालिकामा रहेका एक÷एक स्वास्थ्य संस्थाको वार्ड वृद्धि र स्तरोन्नति गरिनेछ,’ दैलेखबाट निर्वाचित प्रतिनिधिसभा सांसद पार्वती विसुन्केले भनिन् ।’

गुराँस गाउँपालिकाको रतिखोला स्वास्थ्य चौकी, नौमुले गाउँपालिकाको नौमुले प्राथमिक स्वास्थ्य चौकी र चामुण्डाबिन्द्रासैनी नगरपालिकाको लयाटीबिन्द्रासैनी स्वास्थ्य चौकीमा थप १५/१५ शैयाको वार्ड निर्माण गरिनेछ ।

त्यसका लागि १ करोडको दरमा रकम पठाइएको छ । यस्तै, महावु गाउँपालिकाको गैडाबाज स्वास्थ्य चौकीलाई १० शैया थप गर्न  ८५ लाख रकम विनियोजन गरिएको छ । कोरोना महामारीसँगै स्थानीय स्तरमा भएका स्वास्थ्य संस्थाहरूको स्तरोन्नतिका लागि उक्त रकम विनियोजन गरिएको हो ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्