ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भोजपुर–टक्सार सडक कालोपत्रे सुरु

२०७७ असोज, २३  
प्रदेश ०१
NA
author avatar गणेश विष्ट

भोजपुर । भोजपुर सदरमुकामदेखि टक्सार एयरपोर्टसम्मको सडक कालोपत्रे सुरु भएको छ । प्रदेश १ अन्तर्गतको पूर्वाधार विकास कार्यालय भोजपुरको १७ करोड लागतमा बिहीबारबाट कालोपत्रेको काम सुरु भएको हो ।

यसअघि कालोपत्रेका लागि आवश्यक प्रक्रिया सम्पन्न गरिए पनि निरन्तरको बर्खाका कारण काम रोकिएको थियो । केही साता अघिबाट मौसममा सुधार आएपछि काम थालिएको हो ।

‘प्रदेश सरकारको महत्वपूर्ण योजना भएकाले कालोपत्रेको गुणस्तरमा ध्यान दिइएको छ’, पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले भने ।

सडक कालोपत्रेको काम सुरु भएसँगै जिल्ला प्रशासन कार्यालय भोजपुरले पनि गुणस्तरमा कमी आउन नदिन निरन्तर अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा मापदण्डअनुसार काम भइरहेको पाइएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए ।

काम गर्ने क्रममा प्राविधिक गडबडी नभए तथा मौसम राम्रो भए असोजभित्रै निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ ।

कालोपत्रेको काम सुरु भए पनि स्थानीय सरकार तथा सरोकारवाला पक्षले ट्याक्टरलगायतका ढुवानीका साधन सञ्चलानमा रोक लगाउँदा भने काममा केही बाधा पुगेको कम्पनीको गुनासो छ । ‘कामको गुणस्तरमा शंकै नगरे हुन्छ’, कुनै निर्माण कम्पनी मार्सेली निर्माण सेवाका प्रमुख श्याम श्रेष्ठले भने, ‘सरकारी मापदण्डभित्रै रहेर काम गरिरहेका छौं ।’ रायमाझी–जगदम्बा–मार्सेली जेभीले निर्माण गरिरहेको यो सडकको लम्बाइ ५ किलोमिटर छ । कालोपत्रेको मोटाइ ४ सेन्टिमिटर हुनेछ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्