ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बलान खोलामा पक्की पुल शिलान्यास

२०७७ असोज, २३  
प्रदेश ०२
Image Not Found

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ कोल्टेस्थित हलेसी सडकखण्डमा पर्ने बलान खोलामा पक्की पुल शिलान्यास गरिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङगा नगरपालिकादेखि उदयपुरको उदयपुरगढीस्थित कोल्टे, मैनीटा र चुरम्फा हुँदै लिम्चुङबुङ गाउँपालिकाको बाँसबोटे भएर खोटाङको धार्मिकस्थल हलेसीसम्म जोड्ने कोल्टे हलेसी सडकखण्डमा पर्ने बलान खोलामा निर्माण गरिने पक्की पुल हालै प्रदेशसभा सदस्य नारायण बुर्जा मगरले औपचारिक रूपमा शिलान्यास गरेका हुन् ।

प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको रू. ५ करोड ९ लाखको लगानीमा निर्माण हुने सो पक्की पुलको लम्बाइ ३७ दशमलव २ मिटर र चौडाइ ८ दशमलव ५० मिटर रहेको उदयपुरगढी गाउँपालिकाकी उपाध्यक्ष सानुकुमारी राउतले बताइन् ।     

आगामी २ वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी सामना कन्ष्ट्रक्सन कम्पनी हेटौंडाले पुल निर्माणको ठेक्का लिएको भौतिक पूर्वाधार कार्यालय उदयपुरका प्रमुख जितेन्द्रकुमार कर्णले बताए । पुल निर्माणसँगै अब प्रदेश नं २ को सप्तरी सुरुंगा क्षेत्रबाट सीधै उदयपुरको मध्यपहाडी क्षेत्रको उदयपुरगढी लिम्चुङबुङ गाउँपालिका भएर खोटाङको हलेसीसम्म यात्रा गर्न सहज हुने उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर केपीछाके मगरले बताए ।

उक्त अवसरमा प्रदेश नं १ का प्रदेशसभा सदस्य मगरले उदयपुरको मध्यपहाडी क्षेत्रका जनतालाई छिमेकी खोटाङको हलेसीसम्म जोड्न यो सडक निर्माणको लागि प्रदेश सरकारसँग पहल गरेर बजेटको व्यवस्थापन गरेको भन्दै सो सडकखण्डमा पर्ने बलान खोलामा पक्की पुल निर्माण भएपछि यातायात सहज हुने विश्वास व्यक्त गरे । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्