ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कृषक सूचीकरण गर्ने कृषि मन्त्रालयको तयारी

२०७७ असोज, २३  
समाचार
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानको सूचीकरण गर्ने भएको छ । सूचीकरणका लागि कृषक सर्वेक्षण गर्न मन्त्रालयले प्रत्येक स्थानीय तहमा ३ लाख रुपैयाँका दरले बजेट पठाइसकेको छ ।

किसानका वास्तविक समस्या पहिचान गरी मन्त्रालयले दिने अनुदान तथा सेवा–सुविधा प्रदान गर्न सहज हुने भएकाले यस्तो सूचीकरण गर्न लागिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले बताए ।

‘यसका लागि मन्त्रालयले अहिले सफ्टवेयर निर्माण र किसान सूचीकरण निर्देशिका तयार गरिरहेको छ,’ उनले भने ।

निर्देशिका र सफ्टवेयर तयार भइसकेपछि उक्त सफ्टवेयरमार्फत हरेक किसानको डिजिटल प्रोफाइल तयार गरिनेछ । यसरी तयार गरिने प्रोफाइलमा किसानको जग्गाको विवरण, सरकारबाट कृषिका लागि अनुदान पाएको÷नपाएको, बैंकबाट ऋण लिए/नलिएको आदि उल्लेख हुनेछन् ।

यसले गर्दा उनीहरूको प्रोफाइलका आधारमा ऋण, अनुदान तथा उपलब्ध गराउने सहुलियत दिन सरकारलाई सजिलो हुनेछ भने किसानलाई लाभ मिल्ने विश्वास मन्त्रालयको छ ।

साथै, स्थानीय तहका पालिका तथा वडा कार्यालयहरूमा दर्ता हुने किसानलाई सोही तहमार्फत कृषक प्रमाणपत्रसमेत दिने योजना मन्त्रालयको छ । खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन, ०७५ मा टेकेर कृषक सूचीकरण गर्न लागिएको कृषि मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले जानकारी दिए । उनका अनुसार सानाठूला सबैखाले किसानको सूचीकरण गरिने र खाद्य अधिकार तथा खाद्य सम्प्रभुता नियमावली बनेपछि मात्र वर्गीकरण गरी सोहीअनुरुपको ऋण तथा अनुदान लिन पाउने व्यवस्था गरिनेछ । कृषक सूचीकरणका लागि अबको केही समयभित्रै देशव्यापी अभियान चलाउने मन्त्रालयको योजना छ ।

प्रतिक्रिया [1]
User Image

हिक्मेन्द माझी

[Oct 12, 2020 02:20pm]

हामिले कसरी लिनेत सुचना जानकारी पाउ मन्त्रालय बाट


प्रतिक्रिया दिनुहोस्