ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सुनचाँदीको मूल्य फेरि बढ्यो

२०७७ असोज, २३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २३, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटबढ हुने क्रम जारी रहेको छ । साताको शुक्रवार सुनको मूल्य  फेरि वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य रू.९०० रले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू.९४ हजार ८००  र तेजाबी सुनको मूल्य प्रतितोला रू.९४ हजार ३०० कायम भएको छ ।

बिहीवार भने सुन प्रतितोला रू. ८०० घटेर प्रतितोला रू.९३ हजार ९०० मा कारोबार भएको थियो । त्यसैगरी चाँदीको मूल्य पनि शुक्रवार प्रतितोला रू.१५ ले वृद्धि भएको छ । शुक्रवार चाँदीको मूल्य प्रतितोला रू.१ हजार १९५ मा कारोबार भइरहेको छ ।

केहि दिन यता सुनचाँदीको मूल्यमा सामान्य रुपमा घट्नेबढ्ने भइरहेको छ । केही समयअघि नेपालमा सुनको मूल्य प्रतितोला रू.१ लाखभन्दा माथि पुगेको थियो ।

सुनको मूल्य घटबढ भइरहेको र बन्दाबन्दी तथा निषेधाज्ञा खुुकुलो भए पनि सुनको खरीदविक्री भने अझै ठप्प अवस्थामा रहेको व्यवसायीहरुले बताएका छन् ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्