ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जापानी खाना ‘बेन्तो’ नेपाली बजारमा

२०७७ असोज, २३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २३, काठमाडौं । जापानको लोकप्रिय खाना ‘बेन्तो’ नेपालमा पनि भित्रिएको छ ।

बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्ट परिसरमा रहेको होक्काइडो रामेन हाउसले भाटभटेनी सुपरमार्केटसँगको सहकार्यमा उक्त परिकारलाई पहिलोपटक नेपालमा भित्र्याएको हो । भाटभटेनी सुपरमार्केटबाट विक्री गरिने बेन्तो जापानमा तालीम प्राप्त अनुभवी सेफले जापानीहरूकै निगरानीमा तयार पार्ने होक्काइडो रामेन हाउसका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले बताए । 

शुक्रवारदेखि विक्री शुरू भएको बेन्तो हाल ५ विभिन्न प्रकारमा उपलब्ध हुनेछ । शुरूमा भाटभटेनी सुपर मार्केटको पहिलो स्टोर (नक्सा भाटभटेनी) मा उपलब्ध हुने जानकारी प्रबन्ध निर्देशक अधिकारीले दिए । बेन्तोका प्रकार क्रमशः भाटभटेनीका अन्य आउटलेट र आफ्नै मिनी आउटलेट सञ्चालन गरी काठमाडौं, पोखरा, चितवन, विराटनगर लगायतका अन्य शहरी क्षेत्रमा विक्री बढाउदै जाने उनले बताए ।

‘हामी जापानी खाद्य संस्कृतिको चिनारी गर्दै हाम्रा ग्राहकहरूलाई स्वादमा सन्तुष्टि र स्वास्थ्यको विशेष ख्याल राख्दै जापानी खानाको सौन्दर्यलाई कायम राख्नेछौं,’ उनले भने । 

यसमा प्रयोग हुने तरकारीहरू आफ्नै बारीमा फलाउने र अन्य सामग्री पनि जापानमा तालीम प्राप्त हाम्रा स्टाफहरूले विशेष ध्यान पुर्‍याएर व्यवस्था गर्ने बताइएको छ ।

हाललाई भाटभटेनी सुपरमार्केटसँग सहकार्य गर्दै आएको रामेन हाउनले बेन्तोको साथ, लन्च, डिनर वा स्न्याक्स समेत उपलब्ध गराउँछ । हामी होक्काइडो रामेन हाउसको मूल उद्देश्य नै नेपाल र जापानबीचको खाद्य संस्कृतिको सेतु बन्नु रहेको अधिकारीले बताए ।

‘हामीले जापानको होक्काइडोका धेरै ठाउँमा ‘विस्तारै बिस्तारै’ नाममा नेपाली रेष्टुँरा चलाइरहेको छौं । यसै क्रममा जापानको खाद्य संस्कृतिलाई पनि बेन्तोमार्फत नेपालमा ल्याउने प्रयास गरेका हौं,’ उनले भने ।

हालको व्यस्त दिनचर्यामा बेन्तो नेपालीका लागि समय सान्दर्भिक रहेको दाबी उनले गरे ।‘बेन्तो’ भन्नाले एकजनालाई पुग्ने खाना पसल र रेष्टुराँबाट ‘टेक आउट’ अथवा घरमै बनाइएको पनि बाहिर बोकेर जान मिल्ने खाना भन्ने बुझिन्छ ।

यसको शुरुआत जापानमा भएको हो । बेन्तोमा प्रायः भात, चाउचाउ, माछा, मासु, पकाइएको तरकारी र अचार बनाइएका तरकारी समावेश गरिएको हुन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्