ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

स्टक बोकर्स एशोसिएशनद्वारा शेयर कारोबार विद्युतीय माध्यमबाट गर्न आह्वान

२०७७ असोज, २३  
लगानी
NA
author avatar अभियान संवाददाता

असोज २३, काठमाडौं । स्टक बोकर्स एशोसिएशन अफ नेपालले कोभिड–१९ को बढदो संक्रमण बढ्दो अवस्थामा रहेको भन्दै शेयर सम्बन्धी कार्य विद्युतीय माध्यमबाट गर्न गराउन आग्रह गरेको छ । 

स्टक ब्रोकर्सले शुक्रवार प्रेस विज्ञप्ति जारी  गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को संक्रमण नेपालमा समेत दिनानुदिन बढिरहेको  र  ब्रोकर कार्यालयमा ग्राहकको बढ्दो भिडका कारण ग्राहक स्वयं तथा कार्यालयमा कार्यारत कर्मचारीहरुमा समेत उच्च जोखिममा रहेको बताएको छ ।

ग्राहकको भिडका कारण कतिपय ब्रोकर कम्पनीहरुमा कार्यरत कर्मचारीमा कोरोना संक्रमणसमेत देखिसकेको  भन्दै विज्ञप्तिमा हाल भौतिक उपस्थिति बिनानै धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नका लागि खाता खोल्न, कारोबार गर्न, राफसाफ गर्न तथा कारोबारसँग सम्वन्धित सम्पूर्ण कार्य विधुतीय माध्यमबाटनै गर्न सक्ने अवस्था रहेको उल्लेख गरिएको छ ।

साथै विद्यमान अवस्थामा कोरोना संक्रमणलाई ध्यानमा राख्दै लगानीकर्ता तथा संघका सदस्यलाई विधुतीय माध्यमबाट  कारोबार गर्न पनि बोकर्स एशोसिएशनले आग्रह गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्