ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष गौचनको स्मृति दिवसमा श्रद्धाञ्जली सभा 

२०७७ असोज, २३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २३, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष शहीद शरदकुमार गौचनको तेश्रो स्मृति दिवसको अवसरमा शुक्रवार महासंघ परिसर अनामनगरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

सभामा सहभागीहरुले नेपालको निर्माण क्षेत्रको विकास विस्तारमा स्वर्गिय गौचनले निर्वाह गरेको  महत्वपूर्ण भूमिकाको स्मरण गरेका थिए ।

कोरोना महामारीका कारण गौचन स्मृति दिवसलाई भव्य रुपमा गर्न नसकिए पनि नेपाल सरकारले जारी गरेको स्वस्थ्य मापदण्डलाई पूर्ण पालना गर्दै  निरन्तरता दिइएको महासचिव रोशन दाहालले बताए । आगामी वर्षहरुमा भने स्वर्गीय गौचनको सम्झनामा बृहत रुपमा अन्य कार्यक्रम पनि गरिने पनि उनले बताए ।

निर्माण व्यवसायीहरुमाथि अहिले पनि सुरक्षा खतरा रहेको भन्दै उनले व्यवसायीहरुका सुरक्षाका लागि महासंघले ठोस पहल गर्नुपर्ने बताए ।

श्रद्धाञ्जली सभा अघि महासंघ परिसरमा रहेको स्वर्गिय गौचनको अर्धकदको शालिकमा महासंघका अध्यक्ष रवि सिंहसहित गौचनकी श्रीमति आशा गौचन, महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने तथा पदाधिकारी, सदस्यहरु र महासंघका कर्मचारीहरुले माल्र्यापण गरेका थिए । यसैबीच जिल्ला निर्माण व्यवसायी संघहरुले पनि गौचनको स्मृतिमा विभिन्न जिल्लामा विविध कार्यक्रम गरेका छन् । 

तत्कालिन अध्यक्ष गौचनको विसं २०७४ साल असोज २३ गते नयाँवानेश्वरस्थिते निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा अपराधिक समुहले गाली प्रहार गरी हत्या गरेका थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्