ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सर्वोच्च अदालतद्वारा रौनियारको पद फुकुवाको मुद्दामा कारण देखाउ आदेश 

२०७७ असोज, २३  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

असोज २३, वीरगञ्ज  । सर्वोच्च अदालतले पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित हरिनारायण रौनियारको सांसद पद फुकुवाको माग गर्दै दायर भएको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।

रौनियारले हालेको उत्प्रेषण मुद्दामा सर्वोच्चले बिहीवार संघीय सरकार, संसद सचिवालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाममा कारण देखाउन आदेश दिएको हो ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलाले मुद्दालाई अग्राधिकार दिंदै रौनियारको पद निलम्वन गर्नुको कारण देखाउन आदेश दिएको छ । अदालतले पद फुकुवाको अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ । 

दुवै पक्षको छलफलपछि पद फुकुवाको अन्तरिम आदेश दिने नदिने निर्णय लिइने भएको छ । बर्दियाको बबई पुल निर्माणमा भ्रष्टाचार भएको भन्दै आयोगले रौनियारसहित १२ जनालाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा हालेको थियो । रौनियार संस्थापक रहेको पप्पु कन्स्ट्रक्सनले बनाएको पुल भासिएपछि अख्तियारले त्यसमा छानविन गरेको थियो ।  

मुद्दा हालेलगत्तै अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार रौनियारको सांसद पद निलम्वन हुने व्यहोराको पत्र संसद सचिवायलाई पठाएपछि सचिवालयले विसं २०७५ असोज १९ गते यस सम्बन्धी सूचना सार्वजनिक गरेको थियो ।

आफ्नो पद निलम्वन नेपालको संविधान २०७२ र संसद नियमावलीविपरीत भएको भन्दै रौनियार सर्वोच्चमा पुगेका थिए । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्