ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

डिजिटल वालेटमार्फत राजस्व तिर्दा रू. ५ देखि ३० सम्मको सेवाशुल्क, माघदेखि लागू गर्न निर्देशन

२०७७ असोज, २३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २३, काठमाडौं ।  राजस्व व्यवस्थापन सूचना प्रणालीमा आवद्ध भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको डिजिटल वालेटमार्फत सरकारको राजस्व तिर्दा (भुक्तानी ) माघदेखि शुल्क लाग्ने भएको छ । 

नेपाल राष्ट्र बैंककाअनुसार  अहिले कोभिडका कारण सेवा नि : शुल्क गरेको  तर पुस महीना पछि भने कारोबारको रकम अनुसार रू. ५ देखि  ३० सम्म भुक्तानी वापतको सेवा शुल्क लाग्ने भएको हो । 

राष्ट्र बैंकले शुक्रवार भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७७ मा थप व्यवस्था गर्दै सरकारको राजस्व रकम रू. १ हजारसम्मको कारोबारलाई सधैंका लागि नि : शुल्क गरेको छ ।

तर माघ १ गतेदेखि लागू हुने गरी रू. १ हजारदेखि ३ हजारसम्म प्रतिकारोबार गर्दा रू. ५, रू.३ हजार १ देखि  १० हजारसम्म रू. १० सेवाशुल्क र रू.१० हजार १ देखि माथिसम्मको कारोबारमा रू. ३० सम्मसेवा शुल्क तिर्नुपर्ने भएको छ । 

केन्द्रीय बैंकले कोभिडका कारण सृजित परिस्थितिलाई ध्यानमा राख्दै करदाताका लागि पुस मसान्तसम्म वालेटमार्फत गरिने दाखिला निःशुल्क गर्न भनेको छ ।

सरकारलाई बुझाउने राजस्वको दर अहिले निर्धारण भए पनि कोरोना महामारीका कारण सेवाग्राहीले वालेटमार्फत भुक्तानी गर्दा तोकिएको शुल्क पुसमसान्तसम्म तिर्नु नपर्ने व्यवस्था गरेको राष्ट्र बैंक भुक्तानी व्यवस्थापन विभागका कार्यकारी निर्देशक भुवन कँडेलले बताएका छन् ।

 

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्