ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सनराइज बैंकद्वारा १३ औं वार्षिकोत्सवको अवसरमा बालमन्दिरलाई सहयोग        

२०७७ असोज, २३  
बजार
Image Not Found

असोज २३, काठमाडौं । सनराइज बैंकले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाल मन्दिरलाई आर्थिक सहयोग गरेको छ ।

बैंकको प्रमुख कार्यालय गैरीधारामा  शुक्रवार भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बालमन्दिरका अध्यक्ष विद्या उपाध्याय न्यौपानेलार्ई रू.१ लाख ५० हजारको चेक हस्तान्तरण गरे ।     

बैंकले आफ्नो वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई आवश्यक खाद्यसामग्री, लत्ताकपडा आदि वितरण गर्दै आएकामा यस वर्ष कोभिड—१९ को कठिन अवस्थालाई विचार गरी ती सामग्री खरीदका लागि नगद सहयोग गरिएको जनाएको छ ।     

बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले बाल हेरचाह, अनाथ, पिछडिएको, द्वन्द्व प्रभावित आदि बच्चाहरूको लागि शिक्षामा केन्द्रित सो संस्थालाई आउँदा वर्षमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

बाल मन्दिरका अध्यक्ष न्यौपानेले आफूहरुलाई सम्झेर सहयोग गरेकामा बैंक परिवारलाई धन्यवाद दिएका थिए । रासस


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्