ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ट्रम्प प्रशानद्वारा एल्युमिनियम आयातमा थप कर वृद्धि        

२०७७ असोज, २४  
अन्तरराष्ट्रिय
Image Not Found

असोज २४, वाशिङ्टन । अमेरिकाले जर्मनी, स्पेन र ब्राजिललगायतका विभिन्न १८ ओटा मुलुकबाट आयात गरिने ‘एल्युमिनियम’ ले अमेरिका फोहोर थुपार्ने स्थलका रूपमा प्रयोग भएको आरोप लगाउँदै त्यसमाथि नयाँ कर लगाउने घोषणा ट्रम्प प्रशासनले गरेको छ ।     
     
अमेरिकी वाणिज्यमन्त्री विल्बर रसले चीन सूचीमा नभएको तर आंशिक रूपमा ‘एल्युमिनियम शीट’ आयातको बाढीका लागि जिम्मेवार भएको र यसले अमेरिकी घरेलु उत्पादकहरूलाई कमजोर बनाउन सक्ने बताए ।
    
     
‘वास्तवमै के हुँदैछ भने चिनियाँ अधिक क्षमता अन्य बजारमा फ्याँकिएको छ । फलस्वरूप, यहाँ फ्याँकिएका ती सामानले अमेरिकी उत्पादनलाई विस्थापन गरेको छ’, उनले फक्स बिजनेस नेटवर्कमा अन्तरवार्ता दिंदै भनेका छन् ।     
     
उनले भने, ‘यो धेरै नै जटिल कार्य हो तर बजारीकरणका सञ्जालले अमेरिकामा धेरै अनावश्यक सामानहरू थुप्रिन्छन् र हामीले यसैलाई व्यवस्थित गर्दैछौं ।’    
     
अमेरिकी पछिल्लो निर्णयले जर्मनी र ब्राजिलबाट आयात हुने एल्युमिनियममा क्रमशः ३६३ प्रतिशत र १३७ प्रतिशत कर वृद्धि हुनेछ । अमेरिकाले गत वर्ष जर्मनीबाट २८ करोड ७० लाख अमेरिकी डलर र ब्राजिलबाट ९ करोड ७० लाख अमेरिकी डलर बराबरको एल्युमिनियम खरीद गरेको थियो ।     
     
अमेरिकाको यो प्रारम्भिक निर्णय भएपनि अमेरिकी बाणिज्य विभागले करवृद्धि तत्कालै कायान्वयनमा आउने बताएको छ । रासस/ एएफपी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्