ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सनराइज बैंकका ग्राहकलाई भाटभटेनी सुपरमार्केटमा सामान खरीद गर्दा विशेष छूट

२०७७ असोज, २४  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २४, काठमाडौं । सनराइज बैंकले डेविट कार्ड वा क्रेडिट कार्डबाट भाटभटेनी सुपरमार्केटमा सामान किन्दा विशेष छूट दिने योजना ल्याएको छ ।

कार्ड तथा ई–बैंकिङ्ग क्षेत्रमा नबिनतम् सेवाहरु शुरु गर्दै लैजाने योजना अनुसार चाडपर्वलाई लक्षित गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरसँग सहकार्य गरी ग्राहकहरुका लागि विशेष योजना ल्याएको उक्त कम्पनीले बताएको छ ।

उक्त योजना अन्तर्गत सामान खरीद गरी कार्डमार्फत भुक्तानी गर्दा कुल कारोबार रकमको ५ प्रतिशत वा प्रतिकारोबार अधिकतम रू.५०० सम्म तत्काल छूट पाउने व्यवस्था गरिएको  भन्दै कम्पनीले १३औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुसँग खुशी बाँड्न असोज २५ देखि कार्तिक ११ गतेसम्मको लागि योजना ल्याएको पनि बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्