ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विश्वमा कोरोना  महामारी : कुन देशमा कति संक्रमति ?

२०७७ असोज, २४  
अन्तरराष्ट्रिय
Image Not Found

असोज २४, वासिङटन् । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या ७८ लाख ९४ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालयले शनिबार बताएको छ ।
पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या २ लाख १८ हजार नाघेको छ ।     
     
कोरोना संक्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ६९ लाख ७९ हजारभन्दा बढी संक्रमित भएका र यस संक्रमणबाट १ लाख ७ हजार ४५० जनाको मृत्यु भइसकेको छ ।     
     
कोरोना संक्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा संक्रमितको संख्या ५० लाख ५७ हजार नाघेको छ । संक्रमणको कारण १ लाख ४९ हजारभन्दा बढीको मृत्यु भएको छ । खोप विकास गरिसकेको घोषणा गरेको रशियामा १२ लाख ७२ हजार भन्दा बढी संक्रमित रहेका छन् भने २२ हजार २५७ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ ।     
     
कोलम्बियामा ८ लाख ९४ हजार ३०० जना कोरोना भाइरस संक्रमित भएका छन् भने २७ हजार ४९५ जनाको मृत्यु भएको छ । स्पेनमा ८ लाख ९० हजार ३८१ व्यक्ति संक्रमित भएका छन् भने ३२ हजार ९२९ जनाको मृत्यु भएको छ ।     
     
अर्जेन्टिनामा ८ लाख ७१ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् भने २३ हजार २५० जनाको मृत्यु भएको छ । पेरुमा ८ लाख ४३ हजार ३५५  व्यक्ति संक्रमित छन भने  ३३ हजार १५८ जनाको मृत्यु भएको छ ।     
     
मेक्सिकोमा ८ लाख ९ हजार ७५१ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने ८३ हजार ५०७ जनाको मृत्यु भएको छ । फ्रान्समा ६ लाख ९१ हजार ९७७ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने ३२ हजार ५८३ जनाको मृत्यु भएको छ ।     
     
दक्षिण अफ्रिकामा ६ लाख ८८ हजार ३५२ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने १७ हजार ५४७ जनाको मृत्यु भएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या शनिबारसम्म १० लाख ७२ हजार ८२६ जना पुगेको छ ।      
     
 यस भाइरसबाट संक्रमित हुनेको संख्या विश्वभर ३ करोड ७१ लाख २० हजार पुगेको छ । कुल संक्रमितमध्ये २ करोड ७९ लाख २ हजारभन्दा बढी हजार निको छन् भने करीब ८१ लाख ४४ हजार मानिस सक्रिय संक्रमित छन् । विश्वभर अझै पनि ६८ हजारभन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ ।     
     
यूरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।  रासस / एएफपी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्