ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

शनिवार ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुग्यो

२०७७ असोज, २४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २४, काठमाडौं । नेपालमा शनिवार थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएको यो संख्या नेपालमा हालसम्मकै उच्च हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १४ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ६१४ जनाको मृत्यु पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार  नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ जना रहेका छन् । हालसम्म क्वारेन्टाइनमा ४ हजार ६८६ जना रहेका छन् । हाल संस्थागत आईसोलेशनमा १३ हजार ६५४  जना र होम आईसोलेशनमा १७ हजार १६४  जना रहेका छन् ।

मन्त्रालयका अनुसार  हालसम्म ७४ हजार २५२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । विगत २४ घण्टामा मात्र १ हजार २२९ जना संक्रमण मुक्त भई घर फर्किएका छन् ।

त्यसैगरी विगत २४ घण्टामा १९ हजार ३२० ओटा  पीसीआर परीक्षण गरिएको छ  । हालसम्म कुल ११ लाख ६४ हजार ५५७ ओटा पीसीआर परीक्षण भइसकेको छ ।

विगत २४ घण्टामा संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका मात्रै २ हजार ६७२ जना रहेका छन् । मन्त्रालयका अनुसार तीमध्ये काठमाडौं जिल्लाका २ हजार १०० जना, ललितपुर जिल्लाका ३६९ जना र भक्तपुर जिल्लाका २०३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्