ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

माथिल्लो त्रिशुली ३ ए जेठबाट सुरु हुने

२०७७ असोज, २५  
१० वर्ष अघि
NA

माथिल्लो त्रिशुली ३ ए जलविद्युत् परियोजना जेठको दोस्रो साताबाट  सुरु हुने भएको छ । ऋणदाता र ठेकेदार कम्पनीसँग सम्झौता हुनेबित्तिकै निर्माण कार्य अघि बढ्ने परियोजना प्रमुख ऋषिकेश शर्माले बताए । हाल आयोजनाको वातावरण प्रभाव मूल्यांकन अन्तिम चरणमा पुगेको छ । प्रतिवेदन वातावरण मन्त्रालयबाट स्वीकृत भएपछि निर्माण हुरु हुनेछ ।

परियोजनाका लागि आवश्यक जग्गा अधिग्रहण सुरु गरिएको छ । योजनाको कार्यतालिका अनुसार आगामी जुन १ (जेठ १८) बाट यसको सिभिल इन्जिनियरिङसम्बन्धी काम सुरु हुने आयोजना प्रमुख शर्माले बताए । यो आयोजना नेपाल विद्युत् प्राधिकरणले आफ्नै पहलमा निर्माण गर्न लागेको हो । रसुवा र नुवाकोट जिल्लामा पर्ने सो आयोजना सन् २०१३ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

६० मेगावाट क्षमताको यस परियोजनाको लागत १२ करोड ६० लाख अमेरिकी डलर अर्थात् करिब ९ अर्ब २० करोड रुपैयाँ हुने अनुमान छ । यसमध्ये कर तथा जग्गा अधिग्रहणबाहेकका लागि आवश्यक १२ करोड रुपैयाँ चाइना एक्जिम बैंकले सफ्ट लोन अन्तर्गत उपलब्ध गराउने भएको छ । बैंकले यो १५ वर्षका लागि १.७५ प्रतिशत ब्याजदरमा दिन लागेको हो । उक्त ऋणका लागि बैंकसँग एक महिनाभित्र सम्झौता भइसक्ने अर्थ मन्त्रालय स्रोतले बताएको छ । चीनले सफ्ट लोन मोडलमा ऋण दिन लागेको यो पहिलो नेपाली परियोजना हो ।

वर्ष ५, अंक ३१, २०६७, बैशाख ६–१२

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्