ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कुमारी बैंकका ग्राहकलाई क्वारेन्टाइन बसाइमा सहुलियत

२०७७ असोज, २५  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौ (अस) । कुमारी बैंकले आफ्ना ग्राहकलाई ल्यान्डमार्क होटल रिसोर्ट एन्ड स्पाअन्तर्गतका नारायणहिटी, पोखरा र चितवनका चार तारे होटलमा क्वारेन्टाइन बसाइको कुल बिल रकममा ८ प्रतिशतसम्मको छुट दिने भएको छ । यसैगरी काठमाडौंको लाजिम्पाटस्थित पाँच तारे होटल सांग्रिलामा पनि क्वारेन्टाइनअन्तर्गत होटल बसाइको कुल बिल रकममा ५ प्रतिशतसम्मको छुट गरिएको बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कुमारी बैंकका बजार व्यवस्थापन प्रमुख नवीनमुनि वज्राचार्य र होटल ल्यान्डमार्कका सीएन पाण्डेले हस्ताक्षर गरेका थिए । यस्तै, कुमारी बैंकका बजार व्यवस्थापन प्रमुख नवीनमुनि वज्राचार्य र होटल सांग्रिलाका बिक्री तथा व्यापार निर्देशक  सञ्जय तेन्जिङ लामाले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्