ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष गौचनको तेस्रो स्मृति दिवस

२०७७ असोज, २५  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । नेपाल निर्माण व्यवसायी  महासंघका पूर्वअध्यक्ष शहिद  शरदकुमार गौचनको तेस्रो स्मृति दिवस अवसरमा शुक्रबार महासंघ प्रांगण अनामनगरमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ ।

सभामा नेपालको निर्माण क्षेत्रको विकास विस्तारमा स्व. गौचनले निर्वाह गरेको  महत्वपूर्ण भूमिकाको स्मरण गरिएको थियो । कोरोना संक्रमणका कारण नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै गौचन स्मृति दिवसलाई निरन्तरता दिइएको महासंघका महासचिव रोशन दाहालले बताए ।

आगामी वर्ष स्व. गौचनको सम्झनामा बृहत् रुपमा कार्यक्रम गरिने महासचिव दाहालले जानकारी दिए । निर्माण व्यवसायीमाथि अहिले पनि सुरक्षा खतरा रहेकाले सुरक्षाका लागि महासंघले ठोस पहल गर्नुपर्ने आवश्यकता उनले औंल्याए । श्रद्धाञ्जलीसभा अगाडि महासंघ परिसरमा रहेको स्व. गौचनको अर्धकदको शालिकमा महासंघ अध्यक्ष रवि सिंहसहित गौचनकी धर्मपत्नी आशा गौचन, महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने तथा पदाधिकारी, सदस्यहरू र महासंघका कर्मचारीले माल्यार्पण गरेका थिए ।

यसैबीच जिल्ला निर्माण व्यवसायी संघहरूले पनि गौचनको स्मृतिमा विविध कार्यक्रम गरेका छन् । गौचनको ०७४ साल असोज २३ गते नयाँबानेश्वरको आफ्नै निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा आपराधिक समूहबाट गोली हानी हत्या गरिएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्