ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जापानी खाना ‘बेन्तो’ नेपाली बजारमा

२०७७ असोज, २५  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । जापानको लोकप्रिय खाना ‘बेन्तो’ नेपालमा पनि भित्रिएको छ । बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्ट परिसरमा रहेको होक्काइडो रामेन हाउसले भाटभटेनी सुपरमार्केटसँगको सहकार्यमा उक्त परिकारलाई पहिलो पटक नेपालमा भित्र्याएको हो ।

भाटभटेनी सुपरमार्केटबाट बिक्री गरिने बेन्तो जापानमा तालिमप्राप्त अनुभवी सेफले जापानीकै निगरानीमा तयार पार्ने होक्काइडो रामेन हाउसका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले बताए ।

शुक्रबारदेखि बिक्री सुरु भएको बेन्तो हाल ५ विभिन्न प्रकारमा उपलब्ध हुनेछ । सुरुमा भाटभटेनी सुपर मार्केटको नक्साल भाटभटेनीमा उपलब्ध हुने जानकारी प्रबन्ध निर्देशक अधिकारीले दिए । बेन्तोका प्रकार क्रमशः भाटभटेनीका अन्य आउटलेट र आफ्नै मिनी आउटलेट सञ्चालन गरी काठमाडौं, पोखरा, चितवन, विराटनगरलगायतका अन्य सहरी क्षेत्रमा बिक्री बढाउँदै जाने उनले बताए । ‘हामी जापानी खाद्य संस्कृतिको चिनारी गर्दै ग्राहकलाई स्वादमा सन्तुष्टि र स्वास्थ्यको विशेष ख्याल राख्दै जापानी खानाको सौन्दर्यलाई कायम राख्नेछौं,’ उनले भने ।  यसमा प्रयोग हुने तरकारी आफ्नै बारीमा फलाउने र अन्य सामग्री पनि जापानमा तालिम प्राप्त स्टाफले विशेष ध्यान पुर्‍याएर व्यवस्था गर्नेछन् ।
हाललाई भाटभटेनी

सुपरमार्केटसँग सहकार्य गर्दै आएको रामेन हाउसले बेन्तोको साथ, लन्च, डिनर वा स्न्याक्ससमेत उपलब्ध गराउँछ । होक्काइडो रामेन हाउसको मूल उद्देश्य नै नेपाल र जापानबीचको खाद्य संस्कृतिको सेतु बन्नु रहेको अधिकारीको तर्क छ । ‘हामीले जापानको होक्काइडोका धेरै ठाउँमा ‘विस्तारै बिस्तारै’ नाममा नेपाली रेस्टुराँ चलाइरहेको छौं । यसै क्रममा जापानको खाद्य संस्कृतिलाई पनि बेन्तोमार्फत नेपालमा ल्याउने प्रयास गरेका हौं,’ उनले भने । हालको व्यस्त दिनचर्यामा बेन्तो नेपालीका लागि समय सान्दर्भिक रहेको दाबी उनले गरे ।

‘बेन्तो’ एक जनालाई पुग्ने खाना पसल र रेस्टुराँबाट ‘टेक आउट’ अथवा घरमै बनाइएको पनि बाहिर बोकेर जान मिल्ने खाना भन्ने बुझिन्छ । यसको सुरुआत जापानमा भएको हो । बेन्तोमा प्रायः भात, चाउचाउ, माछा, मासु, पकाइएको तरकारी र अचार बनाइएका तरकारी समावेश गरिएको हुन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्