ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिभिल लघुवित्तको लिलामी शेयरमा आजदेखि बोलपत्र पेश गर्न सकिने 

२०७७ असोज, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले आइतवारदेखि अवितरित हकप्रद शेयरको लिलामी प्रक्रियाबाट विक्री खुला गरेको छ ।

कम्पनीले साउन २५ गतेदेखि भदौ २९ गतेसम्म विक्री खुला गर्दा विक्री हुन नसकेको संस्थापकतर्फको ११ हजार ६०८ र सर्वसाधारण तर्फको ८९ हजार ४५० कित्ता शेयर लिलामीमा विक्री खुला गरेको हो । 

उक्त शेयर खरीद गर्न चाहनेहरुले कात्तिक २ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ । 

संस्थापक शेयरको हकमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारणको हकमा न्यूनतम १०० कित्ता र अधिकतमका लागि सम्पूर्ण कित्तासम्म माग गर्दै बोलपत्र पेश गर्न सकिनेछ ।कम्पनीको विक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

बोलपत्र आवेदन फारम विक्री प्रबन्धकसँगै सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका विराटनगर, बीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौंडा, नारायणघाट, बाग्लुङ तथा महेन्द्रनगर कञ्चनपुरमा रहेका शाखा कार्यालयमार्फत प्राप्त गर्न र बुझाउन सकिनेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्